शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पुनको निर्णय: विज्ञान र नवप्रवर्तन क्षेत्र विकासमा ४ सल्लाहकार समिति गठन

4.32k
Shares

काठमाडौं । 

नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विज्ञान प्रविधि तथा नवप्रबर्धन , आर्टिफिसियल इन्टलिजेन्स लगायतका विषय अध्ययन गरी मन्त्रालयलाई सुझाव दिन चारवटा सल्लाहकार समिति बनाउने पहिलो निर्णय गरेका छन् ।

 विज्ञान सचिव विश्वबाबु  पुडासैनीले पेस गरेको  टीप्णीमा हस्ताक्षर गर्दै सो निर्णय गरेका हुन् । विज्ञान तथा नवप्रवद्र्धनलाई विशेष जोडदिन उनले सो निर्णय गरेका हुन्।

 चारवटा सल्लाहकार समितिको प्रतिवेदनको आधारमा  कार्ययोजना  तयार गरी कार्यान्वयन गर्नेछ ।

त्यसअघि शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट मन्त्री पदको शपथ लिएपछि सञ्चारकर्मीसँग  कुरा गर्दै पुनले अपर्झट मन्त्री भएकाले अहिले नै धेरै नबोल्ने बताएका थिए ।

 ‘म शिवजी अथवा भगवान भएदिएको भए त्रिनेत्र लगाएर यसो यसो गर्छु भन्ने थिएँ, अब अपर्झट यहाँ आएर मन्त्री भइएको छ, सेवा सुविधा मलाई केही पनि चाहिन्न, म मन्त्रालयमा ओछ्यान लगाएर बस्ने हो,’ उनले भने । उनले  आफू किताब बेच्दा बेच्दै आएको मान्छे भएर तत्काल यो गर्छु भनेर ठोकुवा गर्न नसक्ने बताए । जिस्कदै सञ्चारकर्मीसंग भने–म मन्त्रालयमै ओच्छान लगाएर सुत्छु । त्यही बस्छु । सधै मन्त्रालयमै रहेर काम गर्छु ।‘मन्त्रालयभित्र किचेन होला, त्यहीँ पकाइ खाने, त्यहीँ सुत्ने  गर्छु । दोहो¥याएर भने । म काम गर्न आएको हो ।

 आफूले जिम्मेवारी पाएको मन्त्रालय शिक्षा क्षेत्रसँग पनि जोडिएको तर, शिक्षामा सुधार र परिवर्तनबारे अहिले नै नबोल्ने बताए । शिक्षामा पनि धेरै नयाँ विषय छन्, अध्ययन गरेर मात्र बोल्नेछु । विज्ञान मन्त्री हुने आसमा रहेका मन्त्री पुनले शिक्षालाई टुक्र्याउन नमिल्ने भएपछि शिक्षा र विज्ञान मन्त्रालयको बागडोर सम्हालेका हुन्  ।