नयाँ दिल्ली, (एजेन्सी)
भारत र अस्ट्रेलियाबीच शनिवार भएको महिला क्रिकेट खेल ऐतिहासिक भएको छ । दुबै टोलीले रेकर्ड बनाएपछि खेल ऐतिहासिक बन्न पुग्यो । दुबै टोलीले गरी खेलमा कूल ७ सय ८१ रन बनेको थियो ।
दिल्लीको अरुण जेटली स्टेडियममा अस्ट्रेलियाले बेथ मूनीको ५७ बलमा प्रहार गरेकी शतकको सहयोगमा ४ सय १२ रन जोड्यो । यो भारतीय टोलीविरुद्ध महिला क्रिकेटमा अस्टे«लियाको उच्चतम स्कोर हो ।
जवाफमा भारतीय टोलीको लागि स्मृति मंधानाले ५० बलमा शतक प्रहार गरेपनि ३ सय ६९ रनमै समेटिएको थियो । जबकी स्मृतिले शतक प्रहार गर्दा भारत २० ओभरमा २ सय रनमा पुगिसकेको थियो ।
यस्तै, भारतीय कप्तान हरमनप्रीत कौर और दीप्ति शर्माले पनि अर्धशतक बनाए पनि त्यसले टोलीलाई जित दिलाउन सकेन । यो खेल अस्टे«लियाले ४३ रनले जितेको छ र ३ वानडेको सिरिज २–१ ले जित्न सफल पनि भयो ।
महिला वानडे क्रिकेटमा यसअघि एकै खेलमा ७ सय रन पनि बनेको थिएन । इंग्ल्यान्ड र साउथ अफ्रीकाले २०१७ मा दुबै टोलीले गरी ६ सय ७८ रन बनाउनु नै उच्चतम रनसंख्या थियो ।
भारतीय टोलीविरुद्ध कुनै टोलीले ४ सय रन बनाएको यो पहिलो पटक हो । यसअघि पनि भारतविरुद्ध उच्चतम स्कोर अस्टे«लियाले नै बनाएको थियो । अस्टे«लियाले त्यतिबेला भारतीय टोलीविरुद्ध ३ सय ७१ को स्कोर गरेको थियो ।
तर, हारेपनि भारतले अस्टे«लियाविरुद्ध उच्चतम स्कोर बनाएको छ । अस्टे«लियाली टोलीविरुद्ध यसअघि कुनै पनि टोलीले ३ सय रन पनि बनाएको थिएन । भारतले पहिलो पटक अस्टे«लियाविरुद्ध ३ सयभन्दा बढी रन बनायो तर, जित भने प्राप्त गर्न सकेन ।
मंधानाले विराटको रेकर्ड तोडिन्
भारतीय वानडे क्रिकेटमा पुरुष र महिला दुबै विधामा सबैभन्दा छिटो शतक प्रहार गर्ने रेकर्ड स्मृति मंधानाले हासिल गरिन् । उनले पुरुष टोलीका विराट कोहलीको रेकर्डसमेत तोडिन् । विराटले २०१३ मा ५२ बलमा शतक प्रहार गरेका थिए ।
महिला वानडेमा समग्रमा अस्टे«लियाकी पूर्व कप्तान मेग लेनिङले सबैभन्दा छिटो शतक प्रहार गरेकी छन् । उनले न्युजिल्यान्डविरुद्ध ४५ बलमा शतक प्रहार गरेकी हुन् । मंधाना उनीपछि दोस्रो सर्वाधिक छिटो शतक प्रहार गर्ने खेलाडी बनेकी छन् ।
अस्टे«लिया दोस्रो पटक ४ सय रनमा
महिला वानडे क्रिकेटमा अस्टे«लियाले दुई पटक ४ सय रन पार गरेको छ । अस्टे«लियाले भारतविरुद्ध ४ सय १२ स्कोर गर्दा यो उनीहरूकै रेकर्ड बराबरी हो ।
यसअघि अस्टे«लियाले डेनमार्कविरुद्ध १९९७ को महिला विश्वकपमा ४ सय १२ रनको उच्चतम स्कोर जोडेको थियो । भारतविरुद्ध पनि यही स्कोरमा रोकिएपछि अस्टे«लिया नयाँ रेकर्ड राख्नबाट वंचित भएको थियो ।
उच्चतम स्कोर न्युजिल्यान्डको नाममा
महिला वानडेमा सर्वाधिक उच्चतम स्कोर न्युजिल्यान्डको नाममा छ । न्युजिल्यान्डले २०१८ मा आयरल्यान्डविरुद्ध बनाएको ४ सय ९१ रन सर्वाधिक उच्चतम स्कोर हो । यस्तै, न्युजिल्यान्डले चार पटक ४ सय रन पार गरेको छ । भारतले भने एक पटक ४ सय रन पार गरेको छ ।











प्रतिक्रिया