काठमाडौँ महानगरपालिकाले बडादशैं लक्षित बजार अनुगमन आगामी सातादेखि


काठमाडौँ ।

काठमाडौँ महानगरपालिकाले आगामी सातादेखि बडादशैं लक्षित बजार अनुगमन गर्ने जनाएको छ। गत भदौ २३–२४ गते भएको जेनजी आन्दोलनका कारण स्थगित अनुगमन अब उपप्रमुख सुनिता डङ्गोलको नेतृत्वमा हुने भएको हो।

अनुगमन टोलीले टुकुचा तरकारी बजार, खसी बजार, सुपथ बिक्री कक्षलगायत स्थलहरूमा खाद्य वस्तुको मूल्य, म्याद, गुणस्तर र उपभोक्ता ठगीजस्ता विषयमा जाँच गर्नेछ।

कमजोरी भेटिए कारबाही तथा जरिवाना गरिने काठमाडौँ महानगरपालिकाले जनाएको छ।