उपाध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतलाई थाहै नदिई सिद्धलेक अध्यक्षद्वारा ७ करोड बढि राखेर रातो किताव प्रकाशन

7.52k
Shares

धादिङ ।

सिद्धलेक गाउँपालिका उपाध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतलाई जानकारी नै नदिई अध्यक्षद्वारा ७ करोड बढि राखेर रातो किताव प्रकाशन गरेपछि कार्यपालिका सदस्यहरुद्वारा व्यापक विरोध सुरु भएकोे छ ।

श्रोत सुनिश्चित नभइ बजेटमा उल्लेख हुदैन भने गाउँ सभाले पारित गरेको विषय मनोमानी ढंगले बजेट घटबढ गर्नु कानुन विपरितको कार्य भएकोले यसलाई सच्याइनुपर्ने उपाध्यक्ष सविता अर्यालको तर्क छ ।

२०८२ असार ५ गते उपाध्यक्ष अर्याललेले प्रस्तुत गरेको बजेट वक्तव्य अनुसार गाउँपालिकाको कुल बजेट ६० करोड ५७ लाख ८४ हजार ९१४ थियो। तर गाउँपालिकाले सार्वजनिक गरेको आर्थिक बर्ष २०८२र८३ को योजना तथा वजेट उल्लेखित ‘रातो किताब’ मा भने ६७ करोड ५७ लाख ८४ हजार ९१४ रकम देखिएको छ।

यसरी ७ करोड रुपैयाँको अन्तर देखिएपछि बजेट भाषण गर्ने उपाध्यक्ष सविता अर्यालले यस बिषयमा आंफुलाई कुनै जानकारी नभएको प्रतिकृया दिदै रातो किताव कस्ले कहाँ लगेर प्रकाशन गर्छ भन्ने वारेमा आंफुलाई अहिले सम्म कुनै जानकारी नभएको समेत खुलासा गर्नु भएको छ ।

गाउँसभाबाट पारित भएको भन्दा ७ करोड बढी वजेट रातो कितावमा समावेश हुँदा गाउँपालिका अध्यक्षले कुनै जानकारी नदिएको कार्यपालिका सदस्य भगवती अर्यालको भनाई छ ।

विकास योजना,बजेटमा पारदर्शिता एवम् जवाफदेहिता हुनुपर्ने र यस्का लागि गाउँपालिकाका अध्यक्ष,उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत जिम्मेवार भएर त्रुटी कहाँ भएको हो सार्वजनिक गर्नुपर्ने कार्यपालिका सदस्य अर्यालको माग छ ।

गाउँसभाले पारित गरेको भन्दा फरक अंकमा बजेट राख्नु्पर्दा कार्यपालिकासंग परामर्श गरी ठोस निर्णय लिनुपर्नेमा अध्यक्षले एकलौटी ढंगले बजेट थपेर रातो किताव प्रकाशित गरेकाले यस बिषयमा सबैपक्ष गम्भिर हुनुपर्ने कार्यपालिका सदस्य भगवतीको भनाई छ ।

रातो कितावको वारेमा सोध्न अध्यक्ष परशुराम खतिवडालाई फोन गर्दा नउठाएको, विहीवार कार्यालयमा गएर दिनभर कुर्दा पनि नभेटिएको र प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले पनि कितावमा वजेट थपिएर आएको बारेमा आंफु अनभिज्ञ रहेको जवाफ दिएकाले थप अन्यौल उत्पन्न भएको बताउनुहुन्छ ।

प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद शर्माले रातो कितावमा बजेट बढेको विषयमा जानकारी नभएको र कार्यालय आउँदा रातो किताव देखेर जानकारी पाएको उपाध्यक्ष सविता अर्याल र कार्यपालिका सदस्य भगवती अर्याल समेतलाई बताउनुभयो ।

स्थानीयवासीहरूले विकासको नाममा हुने अनियमितता र अस्पष्टतालाई सच्याउन चेतावनी दिँदै “धिक्कार स्थानीय सरकार” भन्दै आक्रोश पोखेर भगवतीले सामाजिक सन्जालमा लेख्नु भएको छ ।

अघिल्ला बर्षमा निकै लामो समय सम्म गाउँसभा गर्ने बिषयमा विवाद हुने गरेको थियो ।

यस अघि गजुरी गाउँपालिकाले यस्तै गरी गाउँसभाबाट पारित भएको भन्दा फरक रकम राखेर रातो बिताव प्रकाशित गरेपछि अधिकांश गाउँसभा सदस्यले लिखित रुपमा असहमती जनाई विरोध गरेपछि अध्यक्ष गणेशलाल श्रेष्ठ गल्ती सुधार गर्ने प्रतिवद्धता जनाएका थिए ।


????????