चितवन।
नारायणगढ–मुग्लिन सडकखण्डमा बसमाथि ढुङ्गा खस्दा एक यात्रुको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार मङ्गलबार साँझ तनहुँबाट नारायणगढतर्फ जाँदै गरेको ग२ख १८३६ नम्बरको बसमा इच्छाकामना गाउँपालिका–६ नाम्सीखोला पुल नजिकै सडकमाथिबाट ढुङ्गा खसेर लागेको थियो। सो घटनामा लमजुङको दोर्दी गाउँपालिका–८ घलेगाउँकी ४६ वर्षीया ऐश्वर्या कामी गम्भीर घाइते भएकी थिइन्।
घाइते कामीलाई उपचारका लागि पुरानो मेडिकल कलेज, भरतपुरमा लगिएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।बस र चालक तनहुँ म्याग्दे गाउँपालिका–२ का ३५ वर्षीय तेजकुमार शाहीलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।











प्रतिक्रिया