काठमाडौँ ।
राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीले मंगलबार प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेका छन् । जेनजी प्रदर्शनपछिको बदलिँदो राजनीतिक परिस्थितिमा शान्ति सुरक्षा, मानव अधिकारको संरक्षण तथा आगामी सुरक्षा चुनौतीका विषयमा छलफल भएको आयोगका प्रवक्ता डा। टीकाराम पोख्रेलले जानकारी दिएका छन् ।
आयोगले सेनालाई लोकतन्त्र, मानव अधिकार र विधिको शासनको दायराभित्र रहेर कार्य गर्न सुझाव दिएको छ । साथै, सेनाको संरक्षणमा रहेकाहरूको अवस्था, उनीहरूको स्वास्थ्य र सुरक्षाबारे समेत जानकारी लिइएको जनाएको छ । आयोगले जेनजी प्रतिनिधि, मृतकका परिवार, घाइते तथा प्रभावितहरूसँग निरन्तर भेटघाट गरिरहेको जनाएको छ ।











प्रतिक्रिया