काठमाडौँ ।
जेनजी प्रदर्शनमा मृत्यु भएका ६ जनाको शव मंगलबार हेलिकप्टरमार्फत उपत्यकाबाहिर पठाइएको छ। शिक्षण अस्पतालमा पोष्टमार्टमपछि उदयपुरमा दुई, धनकुटा, सङ्खुवासभा, सिरहा र सुनसरीमा एक÷एक जनाको शव पठाइएको उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले बताए।
भदौ २३ र २४ मा भएको प्रदर्शनमा मृत्यु हुने संख्या ७३ पुगेको प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेले जानकारी दिए। जसमध्ये प्रहरीतर्फ ३ जना र बाँकी ७० जना प्रदर्शनकारी रहेका छन्। नयाँ बानेश्वरमा मात्र गोली लागेर २१ जनाले ज्यान गुमाएका छन्।











प्रतिक्रिया