एनसेलका कार्यालयमा आगजनी र डकैती, महत्वपूर्ण कागजातसहित उपकरण हराए


काठमाडौं ।

२०८२ भदौ २४ गतेको आन्दोलनका क्रममा विभिन्न समूहले एनसेल आइकन, लैनचौर काठमाडौंसहित महेन्द्रनगर, धनगढी र पोखरास्थित क्षेत्रीय कार्यालयहरूमा तोडफोड, आगजनी र डकैती गरेका छन् ।

घटनामा कम्पनीका सक्कल प्रमाणपत्र, जग्गाधनी प्रमाण पुर्जा, नगद, सेफ, ल्यापटप, टेलिभिजन, विद्युतीय उपकरण र कर्मचारीका व्यक्तिगत सामान चोरी भएको एनसेलले जनाएको छ ।

कम्पनीले घटनासम्बन्धी उजुरी जिल्ला प्रहरी कार्यालय काठमाडौंमा दर्ता गर्दै, चोरी वा लुटिएका सामान पाइएको खण्डमा नजिकैको प्रहरी कार्यालयमा बुझाइदिन अनुरोध गरेको छ ।