काठमाडौँ ।
प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् ११ जनाभन्दा बढी नबनाउने निर्णय गरेकी छन् । उनले राजनीतिक पार्टीसँग आबद्ध नभएका, गैरराजनीतिक र विभिन्न संस्थागत क्षेत्रमा काम गरेका व्यक्तिलाई मन्त्रीमा समावेश गर्ने बताइन् ।
हालसम्म तीन जना मन्त्री नियुक्त भइसकेकाले अब थपिने सदस्यमा समावेशिता झल्किने गरी व्यक्तिहरु चयन हुने उनको भनाइ छ । राजनीतिक व्यक्तिलाई मन्त्री बनाउँदा चुनावमा असर पर्ने भएकाले चुनाव नलड्ने व्यक्तिलाई मात्र जिम्मेवारी दिने उनले स्पष्ट पारिन् ।











प्रतिक्रिया