जेनजी प्रदर्शनमा ७३ को मृत्यु


काठमाडौँ ।

भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ७३ पुगेको छ । प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार मृत्यु हुनेमध्ये प्रहरीतर्फ असई मिलन राय, सहायक हवल्दार अमृत गुरुङ र जवान उत्तम थापा रहेका छन् ।

नयाँ बानेश्वरमा गोली लागेर २१ जनाले ज्यान गुमाएका छन् भने मृतकमध्ये बुद्धिबहादुर तामाङ, सन्तोष बिक, सुलभराज श्रेष्ठ, श्रीयम चौलागाईंलगायत छन् ।

भदौ २४ मा भएको लुटपाट र आगजनीमा ३८ जनाको मृत्यु भएको र भाटभटेनी सुपरमार्केट तथा निजी घरमा जलेको अवस्थामा १५ शव फेला परेका छन् । त्यस्तै कैदीबन्दी तथा बालबन्दी गरी १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।