काठमाडौं ।
रौतहट जिल्लाको गौर नगरपालिका–सवगढास्थित लालबकैया खोलामा आमासँग नुहाउने क्रममा अन्दाजी १० वर्षीया एक बालिकाको डुबेर मृत्यु भएको छ। दिउँसो खोलामा नुहाउँदा बालिका बेपत्ता भएकी थिइन्।
बेपत्ता भएकी बालिकाको खोजतलासका लागि नेपाली सेना नारायणदल गणबाट खटिएको उद्धार टोलीसहित अन्य सुरक्षा निकायले संयुक्त रुपमा प्रयास गरेका थिए। सोही क्रममा बालिकालाई मृत अवस्थामा फेला पारिएको हो।
उद्धार टोलीले शव बरामद गरी आवश्यक कारबाहीका लागि प्रहरीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।











प्रतिक्रिया