काठमाडौँ ।
हालैको जेन(जी) आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण सिंहदरबारभित्रका विभिन्न मन्त्रालय भवनहरूमा ठूलो क्षति पुगेको छ। शनिबारदेखि कर्मचारीहरूले सरसफाइ तथा क्षतिको विवरण संकलन सुरु गरेका छन्।
आन्दोलनका कारण सिंहदरबारभित्र रहेका सवारीसाधनहरू ध्वस्त भएका छन् भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आगलागीपछि कार्यलयलाई गृह मन्त्रालयको नयाँ भवनमा सारिएको छ।
सिंहदरबारबाहिर रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको भवन पूर्णरूपमा जलेको छ। प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, अर्थ, शिक्षा, सामान्य प्रशासन, स्वास्थ्य, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र राष्ट्रिय सतर्कता केन्द्रमा ठूलो क्षति भएको बताइएको छ।











प्रतिक्रिया