नेपालभर यातायात सञ्चालन पुनः सुरु, स्थानीय सरकारसँग समन्वय गरेर व्यवस्थापन


काठमाडौँ ।

जेनजीको आन्दोलनका कारण मंगलबारदेखि बन्द गरिएको सार्वजनिक यातायात शनिबारदेखि पुनः सञ्चालनमा आएको छ। देशभरको स्थिति सामान्य हुँदै गएपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले स्थानीय सरकारसँगको समन्वयमा यातायात सेवा पुनः सुरु गरेको जानकारी दिएको छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले भने, केन्द्रबाट हालको अवस्थामा निर्णय गर्ने स्थिति छैन, त्यसैले स्थानीय प्रशासनसँग समन्वय गरेर हामीले यातायात सेवा सञ्चालन गर्ने व्यवस्था गरेका छौं।

आजदेखि देशभर लामो र छोटो दुरीका यातायात सेवा पुनः प्रारम्भ भएको छ, जसले यात्रुहरूलाई सहज यात्रा गर्न मद्दत गर्नेछ।