अबको नेतृत्व देशका सबै शक्तिले स्वीकार्ने: उप्रेती


काठमाडौँ। 

राजनीतिज्ञ एवम् एसएस फाउण्डेशनका संस्थापक शोभित उप्रेतीले देश गम्भीर सङ्कटमा फसेको अहिलेको अवस्थामा देश भित्रैका शक्तिहरूसँग छलफल, समन्वय र सहकार्य गरी समाधानको लागि उचित बाटो तय गर्नुपर्ने बताएका छन् । 

देशलाई सङ्कटबाट मुक्त गर्न नेपाली सेनाले गरेको प्रयासको प्रशंसा गर्दै उप्रेतीले अबको सरकारको नेतृत्व देश भित्रका सबै शक्तिले स्वीकार गर्ने र वैदेशिक सम्बन्धलाई समन्वय गर्नसक्ने हुनुपर्ने उल्लेख गरेका छन् । अन्यथा देश पुनः गम्भीर सङ्कटमा फस्ने उनको भनाई छ । 

राजनीतिज्ञ एवम् समाजसेवी उप्रेतीले देशलाई सङ्कटबाट बचाउन र पुर्खाको विरासत भावी सन्ततिलाई हस्तान्तरण गर्न नेपाली सेना सफल हुने विश्वास समेत व्यक्त गरेका छन् ।