काठमाडौँ।
अन्तरिम प्रधानमन्त्री तय गर्न भन्दै सैनिक मुख्यालय अगाडि पुगेका जेन-जी युवाहरूबीच कुटाकुट भएको छ। मुख्यालय अगाडिको सडकमा जेन-जीका दुई समूहबीच कुटाकुट भएको हो ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउन नहुने भन्दै केही युवाहरूको समूह नाराबावजीसहित त्यहाँ पुगेको थियो ।
अर्कातिर काठमाडौँका मेयर बालेन्द्र साह र धरानका मेयर हर्क साम्पाङ पक्षधर युवाहरू पनि जम्मा भएका छन् । उनीहरूबीच सैनिक मुख्यालयको गेटमा कुटाकुट र ग्याङ फाइट नै चलेको हो ।











प्रतिक्रिया