काठमाडौ ।
मधेश प्रदेशका विभिन्न जिल्लामा नयाँ पुस्ताका युवा (जेनजी) ले सरकारविरुद्ध प्रदर्शन चर्काएका छन्।
प्रहरीको गोली लागेर हिजो १९ जनाको मृत्यु भएपछि जनकपुरधाम, लहान, बर्दिबास, कलैया, वीरगञ्ज लगायतका स्थानमा आज बिहानैदेखि प्रदर्शन जारी छ।
अवस्था नियन्त्रणबाहिर जान थालेपछि वीरगञ्जमा स्थानीय प्रशासनले कर्फ्यूसमेत लगाएको छ।











प्रतिक्रिया