काठमाडौं।
भ्रष्टाचार, शासकीय बेथिति र सामाजिक सञ्जाल बन्दको विरोधमा युवा पुस्ता अर्थात जेनरेसन जेड (जेनजी) ले देशव्यापी रूपमा गरेको प्रदर्शनका क्रममा सोमबार २० जनाको ज्यान गएको छ भने देशभर तनावको माहौल सिर्जना भएको छ ।
प्रदर्शनका क्रममा नया“ बानेश्वरमा मात्र प्रहरीले चलाएको गोली लागेर १८ र इटहरीमा २ जनाको ज्यान गएको हो । मानवअधिकारवादीहरूले बल प्रयोगको स्थापित मान्यता उल्लंघन गरी अत्याधिक बल प्रयोगका कारण यस्तो अप्रिय घटना हुन पुगेको भन्दै निन्दा गरेका छन् ।
उनीहरूले प्रदर्शनमा प्रहरीले अत्यधिक र अन्धाधुन्ध तरिकाले घातक बल प्रयोग गरेका कारण ठूलो संख्यामा प्रदर्शनकारीको मृत्यु भएको टिप्पणी गरेका छन् । घटनामा सुरक्षा निकायबाट मानवअधिकार गम्भीर उल्लंघन गरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले सरकार तथा सुरक्षा निकायको ध्यानाकर्षण गराएका छन् । विभिन्न राजनीतिक दल, पेशाकर्मी, कानुनव्यवसायी तथा विभिन्न संघसंस्थाहरूले पनि विज्ञप्ति प्रकाशित गरी प्रहरी प्रशासनले अत्यधिक बल प्रयोग गरी राज्यसंयन्त्रको निरंकुश छविलाई उजागर गरेको भन्दै सरकार र गृहप्रशासनको चौतर्फी निन्दा गरेका छन् ।
जेनजी पुस्ताले काठमाडौंको माइतीघर मण्डला, नया“ बानेश्वर, चितवन, पोखरा, बुटवल, नेपालगञ्ज, जनकपुर, विराटनगर र सुनसरीलगायत विभिन्न शहरहरूमा प्रदर्शन गर्ने क्रममा प्रहरीले दमन गरेको हो। त्यसपछि स्थिति अझै भयावह र उग्र हुन सक्नेलाई ध्यानमा राखेर गृह मन्त्रालयको प्रत्यक्ष निर्देशनमा काठमाडौं, कास्की, रुपन्देही र मोरङ जिल्ला प्रशासन कार्यालयले कफ्र्यु लगाएको थियो भने अन्य केही शहरमा निषेधाज्ञा लगाएको थियो ।
सामाजिक सञ्जालमार्फत भ्रष्टाचार, आर्थिक असमानता र म“हगी र शासकीय बेथिति विरुद्ध विश्वभर आवाज उठाउ“दै आएको सन्दर्भलाई जोडेर जेनजी पुस्ताले उक्त प्रदर्शन गरेका थिए। सरकारले सूचीकरण नगरेको भन्दै भदौ १९ गतेदेखि फेसबुक, एक्स, युट्युबलगायत २६ सामाजिक सञ्जाललाई निष्क्रिय पारिदिएपछि उनीहरू सडकमा आएको घटनाले राष्ट्रिय रूपमा मात्र नभई अन्तर्राष्ट्रिय क्षेत्रको पनि ध्यानाकृष्ट भएको थियो।
प्रदर्शनका लागि युवा पुस्ताहरू बिहान ९ बजेदेखि माइतीघर मण्डलामा भेला भएका थिए । त्यहा“ उनीहरू राष्ट्रिय गीतहरू गाउ“दै बसिरहेका थिए। भेला हुने क्रम चलिरहेको थियो । दुई घण्टाको अवधिमा माईतीघर मण्डला भरिएपछि करिब बिहान ११ बजे प्रदर्शनकारी बानेश्वरतर्फ लागे। आन्दोलन शान्तिपूर्ण र सिर्जनात्मक शैलीमा सरकार विरोधी नारा लगाउ“दै प्रदर्शनकारी समूह अघि बढिरहेको थियो ।
प्रदर्शनमा अधिकांश स्कुल र कलेजका विद्यार्थी सहभागी भएका थिए। उनीहरू स्कुल र कलेजको पोशाक लगाएर प्रदर्शनमा सहभागी भएका थिए। राष्ट्रिय झण्डा लिएर राष्ट्रगान गाउ“दै उनीहरूले प्रदर्शन गरेको थिए। जनताले तिरेको करको दुरुपयोग भएको विषयमा ‘म कर तिर्ने, तिमीहरूको मोजमस्ती’, ‘हामीले तिमीलाई शक्ति दियौं, तिमीले हामीलाई पीडा’ ‘न्याय छैन, काम छैन र भविष्य छैन, उठ युवा’ लेखिएका प्लेकार्ड लिएर प्रदर्शनकाकारीहरू माईतीघर मण्डलाबाट बानेश्वरतिर लागेका थिए। सामाजिक सञ्जाल निष्क्रिय र ‘नेपो किड्स’ (नातावादबाट लाभान्वित युवा) र भ्रष्टाचारतर्फ लक्षित प्लेकार्ड लिएर आएका युवाहरूले सरकारविरुद्ध नाराबाजी लगाउ“दै थिए।
आन्दोलनमा कलाकार, कन्टेन्ट क्रियटर, कमेडियन, अभियन्ता, विभिन्न दल सम्बद्ध विद्यार्थी र युवा नेता पनि साथसाथै थिए। यो भीड एभरेस्ट होटल अगाडि पुगेपछि त्यहा“ प्रहरीको ब्यारिकेड भएकाले त्यही“ रोकिएर नारा, जुलुस गरिरह्यो। यतिन्जेल आन्दोलन शान्तिपूर्ण नै थियो। त्यतिवेलै त्यहा“ बानेश्वरतर्फबाट चार–पा“च वटा बुलेट र डट बाइकहरू आए र माइतीघर मण्डलातिर लागे। ति एकछिनपछि फेरि माइतीघरबाट नया“ बानेश्वतिरै फर्कंदा १५–२० वटा बाईक पनि थपिएका थिए। उनीहरू नया“ बानेश्वर–माइतीघर ओहोरदोहोर गरिरहे, संख्या पनि बढ्दै गइरहेको देखिन्थ्यो। यस क्रममा चारैतिरबाट मानिसको भीड पनि बढ्दै थियो। बानेश्वरमा प्रदर्शनकारीहरू जम्मा हुन थालेपछि परिस्थति क्रमशः तनावग्रस्त बन्दै गएको थियो।
जेनजी पुस्ता जम्मा भई नया“ बानेश्वर जाने क्रममै दिउँसो करिब साढे १२ बजेतिर काठमाडौंका प्रमुख जिल्ला अधिकारीले राति १० बजेसम्मका लागि नयाँ बानेश्वरचोकदेखि पश्चिम एभरेस्ट होटल हु“दै बिजुलीबजार पुलसम्म कफ्र्यू आदेश जारी गरेको सूचना प्रकाशित गरे। यसअघि आन्दोलनकारी र सुरक्षाकर्मीबीच सल्लाह भई आन्दोलनमा घुसपैठ भएको ठहर गर्दै तिनले सबैलाई घर फर्कन फेसबुकबाटै अपील प्रकाशित गरेका थिए। त्यसपछि कफ्र्यू शुरू भयो, तर प्रदर्शनकारी भने सडकबाट हटेका थिएनन। विद्यार्थीहरू फर्किन थाले, तर अरु मान्छे थपि“दै गएको देखिन्थ्यो। एक्कासी ब्यारिकेड तोडेर निषेधाज्ञाको पर्वाह नगरी आन्दोलनकारी संसद् भवनतर्फ लागे। उनीहरूमध्ये अधिकांश उग्र देखिन्थे। राजनीतिक भ्रष्टाचारको मुद्दा उठाउ“दै केही प्रदर्शनकारीहरू बजेतिर संसद् भवन प्रवेश गर्न खोजेका थिए। प्रत्यक्षदर्शीका अनुसार त्यहा“ केही संसद् भवनको गेटमाथि चढिरहेका थिए भने केहीले गेट भत्काइरहेका थिए।
कसैले राष्ट्रिय झण्डा फहराइरहेका थिए। कसैले आगो लगाइरहेको देखिन्थ्यो तर हरियो घास भएकाले संसद् भवनभित्र आगो फैलिन पाएन। सुरक्षाकर्मीका तर्फबाट अश्रुग्यासका सेल हान्ने र आन्दोलनकारीका तर्फबाट ढुंगामुढा चलिरहेको थियो। सोही क्रममा आगजनी र तोडफोड भएको थियो। जेनजीले नया“ बानेश्वर क्षेत्रमा मानव अधिकार आयोगको गाडी जलाएका थिए।एभरेस्ट हस्पिटल अगाडि उनीहरूले आयोगको गाडीमा आगजनी गरेका हुन्। परिस्थिति तनावग्रस्त बन्दै गएपछि सरकारले बानेश्वर क्षेत्रमा सेना परिचालन गरेको थियो।
त्यसपछि बानेश्वर रणमैदानमा परिणत भएको थियो। रबरको गोली लागेपछि एकजनाको घटनास्थल र अन्यको उपचारको क्रममा मृत्यु भएको हो। संसद्भवन अगाडि प्रदर्शनकारीहरूले सरकारविरुद्ध नारा लगाएका थिए।
प्रत्यक्षदर्शीहरूका अनुसार नेपाल कमर्स क्याम्पस, मीनभवन अगाडिको बाटोमा पनि प्रहरीले ठूलो मात्रामा अन्धाधुन्ध गोली चलाएको थियो। प्रहरीले बानेश्वर र मीनभवनको गल्लीगल्लीमा गएर गोली हानेको थियो। एकजना प्रत्यक्षदर्शीले प्रहरीले गोली चलाइरहेको दृश्य राखेर सामाजिक सञ्जाल डिस्कर्डमा लेखेका छन्– ‘यो मेरो जीवनमै देखेको सबैभन्दा भयावह दृश्य हो । तिनीहरू अहिले कमर्स क्याम्पस रोडभित्र प्रवेश गरिसकेका छन् र अन्धाधुन्ध रूपमा गोलीबारी गरिरहेका छन्। लगातार १० राउण्डभन्दा बढी गोली चलाइएको छ र एक जना केटा लडेको छ। मृत्यु भइसक्यो वा घाइते छन् भन्ने स्पष्ट छैन।’
राजनीतिक नेतृत्वको कमजोरी पनि जिम्मेवार
सामाजिक विज्ञ प्राडा मीरा पोखरेलको विचारमा सुरक्षा निकायको कमजोरी मात्रै नभएर सरकारको राजनीतिक नेतृत्व पनि असफल भयो । युवा पुस्ताको आवाजलाई सुन्ने प्रयास नगरिनु, वार्ता नगर्नु, र तर्साउने रणनीति अपनाउनु नै अहिलेको हिंसाको जग हो ।
उहाँले जेन्जी आन्दोलनलाई ‘असंगठित तर तीव्र भावनात्मक ऊर्जा भएको आन्दोलन’ को संज्ञा दिंदै भन्नुभयो– ‘यस्ता आन्दोलनलाई गम्भीर रूपमा नलिएर र दमन गरेर समाधान खोज्नु थप समस्या निम्त्याउने खतरनाक संकेत हो ’
सुरक्षा विज्ञ अर्जुन ढुंगानाको भनाइमा सरकारद्वारा सामाजिक सञ्जाल नियन्त्रण गर्ने प्रस्तावले युवाहरूको विश्वास तोड्यो । यो पुस्ता डिजिटल युगमा हुर्केको छ । अभिव्यक्ति स्वतन्त्रता हनन गर्ने जुनसुकै प्रयास उनीहरू सहन सक्दैनन् ।
ढुंगानाका अनुसार सरकारले संवाद नगरी बल प्रयोगलाई पहिलो विकल्प बनाउँदा जेनजी आन्दोलनको स्वरूप भयावह बन्न पुगेको हो ।
जेनजी आन्दोलनले नेपालको सुरक्षा संयन्त्र, राजनीतिक नेतृत्व र सामाजिक संरचनाको कमजोरी उजागर गरिदिएको छ । समाजमा जरा गाडेर बसेको भ्रष्टाचार, सूचना प्रवाहको सीमाबद्धता, र अभिव्यक्ति स्वतन्त्रतामाथिको नियन्त्रणले युवापुस्ताको आक्रोशलाई विस्फोट बनाएको छ ।
अब यो आन्दोलनलाई मात्रै दोष दिएर समाधान हुँदैन । सरकार र सुरक्षा निकायले आत्मसमीक्षा गर्दै युवा पुस्तासँग संवाद र विश्वासको पुल निर्माण नगरेसम्म यस्ता आन्दोलन फेरि दोहोरिन सक्छन् ।











प्रतिक्रिया