जेनजीको आन्दोलनमा प्रहरीको गोली लागेर दुई जना प्रदर्शनकारीको मृत्यु


काठमाडौं ।

जेनजीको आन्दोलनमा प्रहरीले चलाएको रबर गोली लागेर दुई जना प्रदर्शनकारीको मृत्यु भएको छ ।
मारिनेमा करिब ४४ वर्षीय एक पुरुष र २० वर्षीय एक युवक रहेको बताइएको छ । यद्यपि उनीहरूको परिचय भने अहिलेसम्म औपचारिक रूपमा पुष्टि भएको छैन ।
सोमबार नयाँबानेश्वरमा भएको प्रदर्शन नियन्त्रणका क्रममा प्रहरीले अश्रुग्याससहित रबर गोली प्रहार गरेको थियो । उक्त घटनामा ७०–८० जना घाइते भएका छन् । घाइतेहरूको अहिले नयाँबानेश्वरस्थित सिभिल अस्पताल र एभरेष्ट अस्पतालमा उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ ।