गोदावरीमा एमालेको महाधिवेशन आज सम्पन्न हुँदै


काठमाडौं ।

ललितपुरको गोदावरीमा जारी नेकपा एमालेको विधान महाधिवेशन आज सकिने भएको छ। अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले पेस गरेका प्रतिवेदनमाथि बनेका १० समूहले छलफल गरी सुझाव दिएका छन्।

आजै अध्यक्ष ओलीले जवाफ दिने कार्यक्रम रहेको छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशनमा २,०२६ प्रतिनिधि र ३१५ आयोजक गरी २,३४१ जना सहभागी छन्। महाधिवेशनले राजनीतिक तथा समसामयिक प्रस्ताव पनि पारित गर्नेछ।