काठमाडौँ ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशमै आकर्षक रोजगारी सिर्जना गरेर युवा पलायन रोक्नुपर्ने बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले पूर्वाधार विकाससँगै जनताको आकांक्षा बढेको उल्लेख गर्दै, नेपालमै राम्रो आम्दानी हुने रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए।
उनले हरेक वर्ष कम्तीमा पाँच लाख रोजगार सिर्जना गर्नुपर्ने बताए। थापाले कांग्रेसले युवालाई देशमै बस्न सक्ने वातावरण बनाउन सपनाहरू देख्न र त्यसका लागि आवश्यक सबै कदम चाल्न तयार हुनुपर्ने बताए।











प्रतिक्रिया