गोदावरी ललितपुर।
नेकपा (एमाले)ले आफ्नो प्रतिबद्धता र परिणामलाई प्रतिवेदनमा उल्लेख गर्दै गणतन्त्र उल्ट्याउने राजावादीहरुको प्रयासलाई विफल तुल्याई दिएको उल्लेख गरेको छ ।
अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तावित राजनीतिक प्रतिवेदनमा भनिएको छ– ‘बाह्य सम्बन्धलाई अनुकूल बनाउँदै राष्ट्रिय हितको रक्षा र अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालको भूमिकालाई अझ प्रभावकारी। बनाउने प्रयास तीव्र बनेको छ । गणतन्त्र उल्ट्याउने राजावादीहरुको प्रयासलाई विफल तुल्याइएको छ । समग्रमा हामी सही दिशामा अगाडि बढिरहेका छौं ।’











प्रतिक्रिया