काठमाडौँ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पुनः एउटा भावुक कविता सार्वजनिक गरेका छन्।
उनले आफ्नो सामाजिक सञ्जालमार्फत कविता पोस्ट गर्दै भावनात्मक अभिव्यक्ति दिएका हुन्। कवितामा ‘भोलिबाट सपनामै भेट होला, बाटोमा ढाट लागेपछि’ भन्ने पंक्तिबाट सुरु हुँदै प्रेम, सम्झना र आत्मीयताको भावलाई प्रस्तुत गरिएको छ।
मेयर बालेनले पछिल्लो समय सामाजिक सञ्जालमार्फत विभिन्न राजनीतिक सन्देश, विचार तथा कवितामार्फत आफ्ना भाव पोख्दै आएका छन्। उनका यस्ता कवितामूलक पोस्टलाई केहीले राजनीतिक सन्देशसँग पनि जोड्ने गरेका छन् भने केहीले व्यक्तिगत सिर्जनाको रुपमा लिने गरेका छन्।
सार्वजनिक जीवनमा सक्रिय रहँदा पनि साहित्य र सिर्जनाशीलताको माध्यमबाट आफूलाई प्रस्तुत गर्ने मेयर बालेनका कविताले सामाजिक सञ्जालमा नियमित चर्चाको विषय पाउने गरेका छन्।
यस्तो छ बालेनको कविता
भोलिबाट सपनामै भेट होला,
बाटोमा ढाट लागेपछि ।
घरबाट निस्किए, मनमा एक हौँला,
घमण्डको माझ परेपछि ।
तिमी सम्झ मात्र मलाई,
रातमा आइदिन्छु ।
हामीबीच संसार आउन सक्दैन,
हात समाइदिन्छु ।











प्रतिक्रिया