काठमाडौं ।
अमेरिकाले नेपाली सेनालाई एक थान स्काई ट्रक र एक थान एयर एम्बुलेन्स सहयोग गरेको छ।
जंगीअड्डामा आयोजित विशेष समारोहमा अमेरिकी राजदूत डिन थप्सनले प्रधानसेनापति अशोकराज सिग्देललाई ती उपकरण हस्तान्तरण गरे।
कार्यक्रममा परराष्ट्रमन्त्री आरजु राणा देउवा र रक्षामन्त्री मानवीर राईको समेत उपस्थिति थियो।
नेपाली सेनाका अनुसार, स्काई ट्रक सामग्री ढुवानीका लागि र एयर एम्बुलेन्स घाइते तथा बिरामीको उद्धारमा प्रयोग गरिनेछ।
दुई बटा स्काई ट्रकको मुल्य झन्डै तिन अर्ब पँचास करोड बराबरको रहेको छ ।
















प्रतिक्रिया