एमाले विधान महाधिवेशनको तयारी पूरा 

1.13k
Shares

काठमाडौँ

नेकपा एमालेको दोस्रो विधान महाधिवेशनको तयारी पूरा भएको छ । भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराईज हलमा हुने विधान महाधिवेशनको तयरी पूरा भएको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख  राजेन्द्र गौतमले जानकारी दिए । नेकपा एमालेका महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यमा बुधवार एमाले मुख्यालय च्यासलमा आयोजना गरेको पत्रकार सम्मेलनमा महाधिवेशनको तयारी पूरा भएको जानकारी गराइएको थियो ।

नेकपा एमालेका अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओलीले समुद्घाटन गर्ने उक्त महाधिवेशमा २०२६ जना प्रतिनिधि र आयोजक ३१५ जना गरि २३४१ जना सहभागी हुने छन् । निर्यायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प,समृद्ध नेपाल सुखी  नोपाली राष्ट्रिय गन्तव्य भन्ने मूल नाराका साथ सम्पन्न हुन गइरहेको ऐतिहासिक दोस्रो महाधिवेशनको तयारी पुरा भएको एमालेले जनाएको छ । अधिवेशनको ऐतिहासिक, भब्य र सभ्य सफलताकालागि मञ्च सजावट,सचिवालयको ब्यवसथापन,मडिकल टिम,मिडिया सेन्टरको व्यवस्थापन र सातदोवाटोेदेखि महाधिवेशनस्थलसम्म यातायातको व्यवस्था मिलाइएको बुधवार केन्द्रीय पार्टी कार्यालय च्यासलमा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

महाधिवेशनमा एमाले अध्यक्ष केपी ओलीले राजनीतिक प्रतिवेदन,उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन सम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रतिवेदन प्रस्तुत हुने छ । यस्तै केन्द्रीय अनुशासन आयोगको तर्फबाट अध्यक्ष केशव बडाल,केन्द्र्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा. पुष्प कँडेल,केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा.विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषदका अध्यक्ष अमृतकुमार बोहराले प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम राखिएको छ । विधान महाधिवेशनले केन्द्रीय निर्वाचन आयोगको भावी नेतृत्व समेत निर्वाचित गर्ने छ ।

अध्यक्ष ओलीले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनले विकसित राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्दै आजका मुख्य चुनौती,पार्टी कार्यदिशा र कार्यभार स्पष्ट गर्ने छ भने उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन सम्बन्धी प्रस्तावमा समृद्ध नेपाल सुखी  नेपालीका राष्ट्रिय गन्तव्य र नेपाली विशेषतासहितको समाजवाद स्थापना गर्ने विषय थप गरिएको छ भने पार्टीमा दुई खाले पार्टी सदस्यहरुको व्यवस्था,७० वर्षे उमेरहद नरहने,पार्टीका जिल्ला कमिटीलाई कार्यकारी रुपमा कायम गर्ने २५१ सदस्यीय केन्द्रीय  कमिटी त्यसको एक तिहाई पोलिटब्यूरो र १५ जना केन्द्रीय पदाधिकारीको स्थायी कमिटी  रहने र पदाधिकारीमा एक जना महिला अनिवार्य गरिएको छ । यस्तै महासचिव शंकर पोखरेलले प्रस्तुत गर्ने संगठनात्मक  प्रस्तावमा पार्टी निर्माणका क्षेत्रेमा देखा परेका समस्या र समाधानका उपायहरु ,पार्टी निर्माणको क्षेत्रमा आज सम्मका विकसित सर्वस्वीकार्य मान्यताका आधारमा निर्णायक राष्ट्रिय शक्ति निर्माणको मार्गचित्र प्रस्तुत गर्ने छन् ।

महाधिवेशनलाई भब्य सफल बनाउन भन्दै एमालेले केन्द्रीय संगठन विभाग प्रमुख काशीनाथ अधिकारीको नेतृत्वमा प्रतिनिधि व्यवस्थापन ,केन्द्रीय सम्पर्क समन्वय कमिटी इन्चार्ज लालबाबु पण्डितको नेतृत्वमा आवस व्यवस्थापन, जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालको नेतृत्वमा स्वयम सेवक परिचालन,स्वास्थ्य विभाग प्रमुख कृष्णगोपाल श्रेष्ठको नेतृत्वमा स्वास्थ्य व्यवस्थापन ,प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमको नेतृत्वमा प्रचार व्यवस्था ,मजदुर फाँट प्रमुख विनोद श्रेष्ठको नेतृत्वमा मञ्च तथा सजावट,जनसाँस्कृति फाँट प्रमुख हेमराज राईको नेतृत्वमा साँस्कृतिक कार्यक्रम र केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीको नेतृत्वमा खाद्य तथा सचिवालय व्यवस्थापनको जिम्मेवारी तोकेको छ ।