काठमाडौँ।
पाटन उच्च अदालतको आदेशपछि पदबहाली गर्न पुगेका काठमाडौं महानगरपालिका शहरी योजना आयोगका उपाध्यक्ष सुमननरसिंह राजभण्डारीलाई कार्यकक्षमा प्रवेश गर्न रोक लगाउँदै विद्युतीय हाजिर गर्न र ढोका खोल्नसमेत नदिएको घटना बाहिरीएको छ ।
आइतबार अदालतको आदेश लिएर प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ समक्ष पुगेका थिए । सोहीदिन प्रशासन विभागले हाजिर गर्नदिने निर्णय गरेको थियो ।
आइतबार कार्यालयबाट फर्किएका उपाध्यक्ष राजभण्डारीलाई सोमबार कार्यकक्ष प्रवेश गर्न रोक लगाउन खोजेको थियो । कार्यालय पुग्नासाथ डिजिटल हाजिर डिभाइसमा हस्ताक्षर नमिल्ने बनाएको थियो । ढोका खोल्न पुग्दा लक भएको थियो । अति गरेपछि अदालतको अपहेलना मुद्दा हाल्ने चेतावनीपछि बल्ल ढोका खोलियो राजभण्डारीसंगै कार्यालय पुगेका एकसहयोगीले नेपाल समाचारपत्रसंग भने । एक घण्टा अल्टिमेटम दिएपछि बल्ल ढोका खुलेको थियो ।
मेयर बालेन्द्र साहले गरेका अघिकांस कामको सूक्ष्म अध्ययन गर्ने र आवश्यक कारबाही गर्ने तयारी रहेको स्रोतको भनाई छ । कर्मचारी र सचिवालयको कारण हाजिर गर्न नपाएका राजभण्डारीले मंगलबारदेखि नियमित कार्यालय पुग्ने गरेका छन् । उपाध्यक्ष राजभण्डारीले हिजो केही वडाको भौतिक निर्माणको अनुगमन गर्न पुगेका थिए । अनुमगनको क्रममा कैफियत भेटिए तत्काल कारबाही गर्नेसम्मको निर्णय गर्ने गरी निरन्तर खटिरहेका छन् ।











प्रतिक्रिया