काठमाडौं ।
काठमाडौँको पुतलीसडकमा माइक्रो बसले ठक्कर दिँदा दुई बालबालिका घाइते भएका छन्।
पद्मोदय मोडबाट कमलादी तर्फ जाँदै गरेको बागमती प्रदेश–०१–००२ ज ८३२२ नम्बरको माइक्रो बसले सडक पार गर्दै गरेका ९ वर्षीय विवेक तामाङ र ५ वर्षीया आशिका राईलाई ठक्कर दिएको हो।
विवेकको अवस्था गम्भीर रहेको छ र उनी अन्नपूर्ण न्युरो अस्पतालमा भेन्टिलेटरमा उपचाररत छन् भने आशिकाको उपचार काठमाडौँ मोडल अस्पतालमा भइरहेको छ।
दुर्घटना पछि माइक्रो चालक २९ वर्षीय रामहरि विष्टलाई प्रहरीले पक्राउ गरेको छ।











प्रतिक्रिया