काठमाडौँ।
मुम्बईबाट आएको इन्डिगो एयरको विमान मंगलबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको बेला ‘ओभरसुट’ भएको छ।दिउँसो २ बजेर ९ मिनेटमा अवतरण गर्ने तालिका भए पनि (फ्लाइट नम्बर ६E 1157) ले आवश्यक प्रक्रिया पूरा गर्न नसक्दा आकाशमै फन्को मार्नुपरेको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिए।
उनका अनुसार मौसम लगायतका प्राविधिक कारणले कहिलेकाहीँ अवतरण असफल हुने भएकाले यो सामान्य प्रक्रिया हो। जहाज हाल उपत्यकाकै आकाशमा भएको र केहीबेरमै सुरक्षित अवतरण हुने उनले बताए।











प्रतिक्रिया