काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य अरनिको पाँडे २० हजार धरौटीमा रिहा हुने भएका छन् । साइबर अपराधको आरोपमा पक्राउ परेका पाँडेलाई काठमाडौँ जिल्ला अदालतले २० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
शुक्रबार न्यायाधीश ध्रुवराज कार्कीको एकल इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
एक महिलालाई सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको उजुरी परेपछि उनी गत बुधवार पक्राउ परेका थिए ।











प्रतिक्रिया