रूकुममा जंगलबाट भरुवा बन्दुक बरामद


काठमाडौं ।

रूकुम पूर्वको सिस्ने गाउँपालिका–८ भुरुङगास्थित दमार खोला जंगलबाट बुधबार बिहान एक थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ।

अस्थायी प्रहरी पोष्ट धपेबाट खटिएको टोलीले जंगलमा लुकाई राखिएको अवस्थामा बन्दुक फेला पारेको हो। हाल घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।