नेप्से ५३ अंकले उकालो, कारोबार ७ अर्ब नाघ्यो


काठमाडौँ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) बुधबार ५३.०१ अंकले बढेर २८१९.१० बिन्दुमा पुगेको छ, जुन २.०४ प्रतिशतको वृद्धि हो। आज कुल ७ अर्ब ६८ करोड रुपैयाँभन्दा बढीको कारोबार भयो भने १ करोड ४९ लाख कित्ता सेयर किनबेच भए।

बजारमा २३२ कम्पनीको सेयर मूल्य बढ्दा १९ कम्पनीको मूल्य घटेको छ। विकास हाइड्रो र समता लघुवित्तको मूल्यमा उच्च वृद्धि देखिएको छ। कारोबार रकममा हिमालयन रिइन्स्योरेन्स अगाडि रह्यो।

सबै समूहमा हरियाली देखिएको बजारमा इन्भेष्टमेन्ट, जीवन बीमा, उत्पादन र ट्रेडिङ समूहमा उल्लेख्य वृद्धि भयो। यद्यपि, सिटिजन्स र कुमारी बैंकको डिबेञ्चर मूल्य ५ प्रतिशतभन्दा बढीले घटेको छ।