जिल्लामै पहिलाे पटक एपेन्डिसाईटी र फिमाेसिसकाे सफल सल्यक्रिया

25.57k
Shares

बाजुरा ।

जिल्ला अस्पता बाजुरामा पहिलाे पटक एपेन्डिसाईडका विरामीकाे सफल सल्यक्रिया भएकाे छ । जिल्ला अस्पताल बाजुरामा MDGP डक्टर आषिश कार्कि आएपछि एपेन्डिसाइटि र फिमाेसिस् सफल शल्यक्रिया भएको हाे।मंगलबार अस्पतालमा उपचारारत रहेकि बुढिगंगा नगरपालिका वडा न ४ कि १४ बर्षिया निलम नेपालिकाे शल्यक्रिया गरिएको हो।

त्यसैगरी फिमाेसिस् बिरामी बडिमालिका नगरपालिका वडा न ५ मनाका १९ बर्षिया बिमल साउद रहेकाे जिल्ला अस्पताल बाजुराका प्रमुख एबं डाक्टर चन्द्रशेखर यादवले जानकारी दिनुभयाे ।

उनीहरू दुबैजना केही दिन यता दुखाईबाट थला परेका थिए जिल्ला अस्पतालमा भर्ना भएपछि चेकजाँच गर्दा उनमा एपेन्डिसाईड देखियाे । यसकाे ४८ घण्टा भित्र उपचार नभए अवस्था क्रिटिकल हुन्थ्याे थजिल्ला अस्पताल बाजुराका प्रमुख यादवले भन्नुभयाे।

प्रायजसाे किशाेर किशाेरीलाई हुने याे राेग कहिलेकाँही किशाेर किशाेरीका अँग सुनिने गर्छन्। यसलाई ४८ घण्टा भित्र काटेर फाल्नु पर्ने हुन्छ । बाजुरामा विगत लामाे समय देखि उक्त सुविधा थिएन। जिल्लाले रिफर गर्न बाध्यता थियाे। जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर यादवले भन्नू भयाे ।

बिगत लामाे समय देखि जिल्लामा एमडिजिपि डाक्टर नहुंदा केश धनगढी रेफर गर्दै अाएका थियाैं। जिल्लाबाट १२/१५ घण्टा बाहिर लैजादा विरामीले दुःख कष्टका साथै अार्थिक भार बेहाेर्नु परेकाे थयाे।
अहिले जिल्लामै अप्रेसन भएपछि विरामीलाई निक्कै सहुलियत भएकाे छ उहाँले भन्नू भयाे ।

अब एपेन्डिसाईटीका विरामी लगायत सर्जरी बिभागका प्रमुख एमडिजिपीबाट हर्निया , अण्डकाेष सुनियकाे, गाँठाे परेकाे लगायत पेटका विरामीकाे सल्यक्रिया जिल्लामै हुने छ डाक्टर यादवकाे भनाई छ ।
सरकारी तवरबाट एमडिजिपी डाक्टरकाे बेयभार बेहाेर्न गार्हाे छ।

जिल्लाका विरामीलाई मध्यनजर गरी निक्साईमण्ड ईन्स्टिच्युट काे सहयाेग र जिल्ला अस्पताल बाजुराकाे समन्वयमाएक हप्ता अथाडी मात्र एमडिजिवि डाक्टर कार्कीलाई नियुक्त गरिएकाे हाे लामाे प्रयास पछि एमडिजिपि ल्याउन सफल भईयाे डाक्टर यादवकाे भनाई छ । उनकाे बेशिक तलभ एनएस अाईले दिने छ भने अन्य सेवा सुविधा जिल्ला अस्पताल बाजुराले बेहाेर्ने छ विगत पाँच वर्ष अघि एनअाईले एमडिजिपि डाक्टर दुर्गा महर्जन लाई पठाएकाे थियाे । उनी गएपछि रिक्त थियाे ।

एमडिजिपि संगै जिल्लामा उपुक्त उपकरण तथा आवश्यक औषधि भए अब जिल्लामा दक्षजनशक्तीकाे अभाव हुँदैन जिल्ला अस्पताल बाजुराका सुचना अधिकारीनृप गिरीकाे कथन छ ।