पत्रिका च्यात्ने र जलाउन खोजेपछि प्रहरीले नियन्त्रणमा


काठमाडौं ।

काठमाडौंको माइतीघर मण्डलाबाट सन्तोष राजावादी भनिने सन्तोष कुमार सिलवाललाई गोरखापत्रमा छापिएको लेखको विरोध गर्दा प्रहरीले पक्राउ गरेको छ।

उनले ‘निरहार व्रतले स्वास्थ्यमा प्रतिकूल असर’ शीर्षकको लेखको विरोध गर्दै पत्रिका च्यात्ने र जलाउन खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनलाई दिउँसो २:२५ बजे पक्राउ गरिएको हो। सन्तोष यसअघि पनि तीनकुनेमा भएको राजावादी आन्दोलनमा संलग्न रहेका थिए।