काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले तीज पर्वलाई भावनात्मक एकता, माया, करुणा र सृजनात्मकताको प्रतीकका रूपमा उल्लेख गर्दै यसको संरक्षण र प्रवर्द्धन आवश्यक रहेको बताएका छन् । हरितालिका तीज २०८२ को अवसरमा शुभकामना सन्देश दिँदै उनले देश-विदेशमा रहेका नेपाली महिलालाई सुख, शान्ति, समृद्धि तथा सामाजिक सद्भावको कामना गरेका हुन् ।
तीज पर्वले पारिवारिक एकता, मेलमिलाप, धैर्य र समर्पणको भावना बलियो बनाउने उल्लेख गर्दै उनले महिला हिंसा र भेदभाव अन्त्य गर्दै समतामूलक समाज निर्माणमा यस पर्वले योगदान पुर्याउने विश्वास व्यक्त गरे । राष्ट्रपति पौडेलले मौलिक पर्वको गरिमा कायम राखी समाजमा महिलाको सम्मानजनक सहभागिता अझ सशक्त रूपमा अघि बढोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन् ।











प्रतिक्रिया