देशका केही भागमा आज मध्यम वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध


काठमाडौँ ।

हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सामान्यभन्दा दक्षिणमा रहेकाले देशभरको मौसममा असर देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो र राति देशको पहाडी भूभागमा सामान्य बदली रहनेछ भने तराईका केही स्थानमा पनि मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। विशेषगरी कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।