काठमाडौँ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठक छोटो समयमै सकिएको छ। बैठक साँझ ६ बजे बोलाइए पनि पौने सात बजे मात्र सुरु भई केहीबेरमै टुंगिएको हो।
बैठकमा केही इलाका प्रशासन कार्यालय, उखु किसानको आन्दोलन लगायतका विषयमा सामान्य छलफल भएपनि ठोस निर्णय नभएको एक मन्त्रीले बताएका छन्।
तिजको शुभकामना आदान–प्रदान र सामान्य विषयमा छलफल भएपनि ‘समाचार बन्ने किसिमका निर्णय नभएको’ उनले बताए।
प्रधानमन्त्रीलाई रुघाखोकी लागेकोले बैठक लम्ब्याउन नसकिएको र अर्को दिन पुनः बैठक बस्ने भनिएको स्रोतको भनाइ छ।











प्रतिक्रिया