काठमाडौं ।
आर्थिक वर्ष ०८१/०८२ को उखु बक्यौता भुक्तानीको माग गर्दै किसानहरू उखु बोकेरै राजधानीको माइतीघर मण्डलामा धर्नामा बसेका छन्।
प्रति क्विन्टल ७० स्पैयाँको दरले बक्यौता भुक्तानी हुनुपर्ने माग गर्दै १३ जिल्लाका अगुवा किसानहरू आइतबारदेखि विरोधमा उत्रिएका हुन्।
उखु उत्पादक महासंघ नेपालका अनुसार माग सम्बोधन नभएसम्म धर्ना र विरोध कार्यक्रम जारी रहनेछ। किसानहरूले उखु अनुदान पनि निरन्तर दिनुपर्ने माग राखेका छन्।











प्रतिक्रिया