कांग्रेस नेतृत्वका ४ पालिका देशकै उत्कृष्टमा: गगन थापाद्वारा बधाई


काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) र वित्तीय जोखिम मूल्याङ्कन (FRA) मा उत्कृष्ट प्रदर्शन गरेका ६ पालिकामध्ये ४ वटा कांग्रेस नेतृत्वमा रहेकोमा खुशी व्यक्त गरेका छन्।

उनले धादिङको नीलकण्ठ, चितवनको खैरहनी, रुपन्देहीको तिलोत्तमा र स्याङ्जाको अर्जुनचौपारी पालिकाका प्रमुख तथा टिमलाई सामाजिक सञ्जालमार्फत बधाई दिएका छन्।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको नतिजाअनुसार यी पालिकाहरूले उत्कृष्ट सेवा र क्षमता देखाएका छन्।