काठमाडौँ ।
नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेर १ लाख ९५ हजार २०० रुपैयाँ पुगेको छ ।
बिहीबार यसको मूल्य १ लाख ९४ हजार ८०० रुपैयाँ थियो । त्यसैगरी, चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर २ हजार ३१० रुपैयाँ कायम भएको छ ।











प्रतिक्रिया