काठमाडौं ।
दार्चुलाको नौगाड गाउँपालिका होपरीमा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन्। दुर्घटनामा चार जना गम्भीर घाइते भएका छन् भने अन्य सामान्य घाइते भएका हुन्।
बिहीबार बिहान ग.३ च. ३३५१ नम्बरको जिप चिप्लो सडकमा ब्रेक नलागी दुर्घटनामा परेको हो। गम्भीर घाइतेहरूलाई गोकुलेश्वर अस्पतालमा उपचारका लागि पठाइएको छ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











प्रतिक्रिया