काठमाडौँ,ललितपुर र भक्तपुरका सीडीओ फेरिए


काठमाडौँ।

काठमाडौँ,ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी(सीडीओ)हरु फेरिएका छन्। गृह मन्त्रालयले बुधबार काठमाडौँ,ललितपुर र भक्तपुरका सीडीओहरुको परिवर्तन गरेको हो ।

काठमाडौँको प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई बनाएर पठाइएको छ । ललितपुरमा सहसचिव सुमन घिमिरेलाई खटाईएको छ। भक्तपुरमा गृह मन्त्रालयका सहसचिव नमराज घिमिरेलाई सरुवा गरिएको छ ।

मन्त्रालयले उनीहरूसहित अन्य सहसचिवहरूको समेत सरुवा गरेको छ ।