घरेलुमा भवन र सवारी साधनको अभाव,उद्योग दर्ताको क्रम घट्दो

1.03k
Shares

उदयपुर ।

उदयपुर जिल्लामा घरेलु उद्योग तथा साना उद्योग कार्यालयमा भवन साँगुरो भएको, वारी साधनको अभाव भएको छ भने उद्योग र बाणिज्य तर्फको व्यवसायिक फर्म दर्ताको क्रम विगत चार वर्षको तुलनामा क्रमशः घट्दै गएको पाइएको छ ।
उदयपुरको गाईघाटस्थित घरेलु तथा साना उद्योग कार्यालयको भवन पुरानो भएकोले काम गर्न ठाउँको अभाव छ । जिल्लाका विभिन्न ठाउामा अनुगमन तथा तालिा संचालनकालागि जान सवारी साधनको अभावले काममा बाधा भएको छ ।

उद्योग कार्यालयको चार वर्षको तथ्याङ्कले आर्थिक वर्ष २०७८।०७९देखि आ.ब. २०८१।०८२सम्मको अवधिको उद्योग तथा वाणिज्य तर्फको व्यवसाय दर्ताको क्रम घट्दै गरेको अवस्थामा रहेको देखाएको छ । कोरोना समयदेखि उद्योग तथा व्यापार व्यवसाय संचालनमा आथिृक मन्दी आएको, सरकारी नीति स्पष्ट नभएको, बजार व्यवस्थापनमा समस्या, स्थानीय तहले उद्योग व्यवसायीहरुलाई करको भार थोपरेको र युवाहरु विदेश पलायन हुने क्रम बढ्दै गएकोले पनि उद्योग तथा बाणिज्य तर्फको व्यवसाय संचालनमा समस्या देखिएकोले पनि उद्योग तथा व्यापारिक फर्महरु दर्ता गर्ने काममा बाधा पुगेको बताइएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय उदयपुरका कार्यालय प्रमुख अर्जुन घिमिरेका अनुसार चार आ.बको उदोग तथा व्यवसाय दर्ता तुलनात्मक रुपमा हेर्दा घट्दै गएको छ भने राजस्व संकलनमा पनि कमि आएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय उदयपुरमा आ.ब २०७८।०७९मा उद्योग दर्ता ५४८ वटा भएको, खारेजी २० वटा, नवीकरण २३६ वटाले गराएका छन । यस वर्ष ५० लाख ७४ हजार६७० रुपैया राजस्व संकलन भएको छ भने २५१ जना तालिममा सहभागी भएका छन् । ०७९।०८०मा दर्ता २९४, खारेज ३१वटा,नवीकरण २२९ वटा भएका छन् । राजस्व संकलन ३९ लाख ७५ हजार२७० रुपैया संकलन भएको छ र ३सय ७० जना तालिममा सहभागी भएका छन ।

आ.ब.०८०।०८१मा दर्ता २४७, खारेज ७० वटा, नवीकरण ५६० वटाले गरेका छन । यस वर्ष राजस्व ५८ लाख ७३ हजार संकलन भएको छ भने ४२९ जनाले तालिम लिएका छन् । ०८१।०८२ मा १८४ वटा उद्योग मात्र दर्ता भएको छ, खारेज १२७ वटा र नवीकरण ७५५ वटाले गरेकाछन् । यस वर्षको राजस्व संकलन ६४ खाख२२ हजार ३सय ५१ रुपैया रहेको र २१६ जनाले विभिन्न प्रकारका तालिम लिएका छन । राजस्व संकलन भने उद्योग र बाणिज्य फर्म दुबैतिरबाट संकलन गरिएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।

वाणिज्यतर्फ ०७८।०७९मा४२८ दर्ता, यस वर्ष खारेजीमा कुनै पनि फर्म परेका छैनन् भने नवीकरण ३५३ वटाले गरेका छन् । ०७९।०८०मा १९५ दर्ता भएको। खारेजीमा २७७ वटा फर्म परेको र यस वर्ष कुनै पनि फर्मले नवीकरण गरेको छैन । ०८०।०८१मा १३३ व्यवसाय दर्ता भएको, ६४ वटा खारेजीमा परेको र ५५४ वटाले नवीकरण गरेका छन् । ०८१।०८२ मा १२९ वटा दर्ता भएको, ७५ वटा खारेजीमा परेको र ७११ वटा व्यवसायिक फर्मले मात्र व्यवसाय नवीकरण गरेको कार्यालय प्रमुख घिमिरेले बताए ।

सो कार्यालयका सूचना अधिकारी (अधिकृत छैठौ तहं) पार्थराज गौतमले घरेलु तथा साना उद्योग कार्यालयमा संघीय सरकार र प्रदेश सरकारबाट उद्यम प्रवद्र्धनकालागि तालिम तथा प्रविधि सहयोग कार्यक्रमहरु संचालन हुने गरेको बताएका छन् ।
संघीय सरकारबाट प्राप्त कार्यक्रमहरुमा परम्परागत उद्यम प्रवद्र्धन कार्यक्रममा १० जनाले तालिम लिउको १ वटा उद्योग दर्ता भएको र १ वटा प्रविधि हस्तान्तरण गरिएको छ ।

दलित समुदाय लक्षित उद्यम प्रवद्र्धनमा १७ जनालाय तालिम दिइएको छ । महिला तथा एकल महिलालाई उद्योग प्रवद्र्धन कार्यक्रममा १० जनाले तालिम लिएको, कृषि जन्य कच्चा पदार्थमा आधारित उत्पादन मुलक उद्यम प्रवद्र्धनमा ८जनाले तालिम लिएको,१ उद्योग दर्ता र १ प्रविधि हस्तान्तरण भएको छ ।

बैदेशिक रोजगारीबाट फर्किएकालाई स्व रोजगारकालागिउद्यम प्रवद्र्धन तालिम १० जनालाई दिइउको १ उद्योग दर्ता भएको र १ प्रविधि हस्तान्तरण गरिएको छ भने उद्यम प्रवद्र्धन तालिम २ पटा गरेर ४२ जनालाई दिइएको सूचना अधिकारी गौतमले बताए ।सूचना अधिकारी गौतमले प्रदेश सरकारको बजेटबाट ६ वटा शिर्षकको तालिम १२ वटा भएकोमा २सय१६ जनालाई तालिम दिइएको छ । तालिम पश्चात कतिपयले रोजगारी पाएको ,कतिपयले उद्यम दर्ता गरेर संचालनको तयारीमा रहेको बताए ।