काठमाडौं ।
अष्ट्रेलियन शिक्षा प्रदायक संस्था ऐरी नेपालको ७ औं वार्षिक साधारणसभा सपन्न भएको छ । साधारण सभामा अस्ट्रेलियन शिक्षा २०२५ मा प्रभाव फोरम अन अस्ट्रेलियन एजुकेशन २०२५ आयोजना गरेको थियो । जसमा अन्तर्दृष्टिपूर्ण सत्र र छलफलको श्रृंखला समावेश थियो । सुहाना बुढाथोकीद्वारा संचालित कार्यक्रमले नेपाल र अष्ट्रेलियाका प्रमुख सरोकारवालाहरूलाई विद्यार्थी भर्ति र शिक्षा साझेदारीको सहकार्य, अनुपालन र भविष्यको बारेमा छलफल गर्न एकसाथ ल्याएको थियो ।
साधारण सभामा ऐरी नेपालका अध्यक्ष द्विराज शर्माले स्वागत गरेका थिए । ऐरी नेपालका निवर्तमान अध्यक्ष महेश बाबु तिमल्सिनाद्वारा सञ्चालित पहिलो प्यानल छलफलले नेपालमा विद्यार्थी भर्ना प्रणालीलाई दिगो बनाउने, सहयोग,अनुपालन र बजार विविधिकरणका लागि रणनीतिहरू भन्ने विषयवस्तुको अन्वेषण गरेको थियो ।
प्यानलमा सृष्टि भट्टराई (नवितास समूह), अनुप श्रेष्ठ (एडिलेड विश्वविद्यालय), सुभी प्रधान (दक्षिणी क्रस विश्वविद्यालय), र अलकायत हुसेन (म्याक्वेरी विश्वविद्यालय) समावेश थिए ।
कार्यक्रममा अष्ट्रेलियामा होम लोन विशेषज्ञ र नेपालमा अलायाका सीईओ र संस्थापक ओटो डार्गनले नेपालको जादू र विश्वको अनुभवू शीर्षकको विशेष सत्र प्रस्तुत गरेका थिए ।अस्ट्रेडका विक सिङ र अष्ट्रेलियाली शिक्षा विभागका जर्ज थिभियोसले पनि भर्चुअल सन्देशहरू साझा गरेका थिए ।

अर्थशास्त्री डा. पारस खरेलले दोस्रो प्यानल छलफल सञ्चालन गरेका थिए । अष्ट्रेलियाली शिक्षाको प्रभावको उपयोगः नेपालको आर्थिक भविष्यलाई आकार दिन फर्केका नेपाली स्नातकहरूको भूमिकामा केन्द्रित थियो । प्यानलमा अभिषेक श्रेष्ठ (बाह्सिग्रे, आईसीएमएस स्नातक) डा. समीर दीक्षित (यूओडब्ल्यूरडब्ल्युयूएसयू स्नातक), अरुश्री शर्र्मा (सिड्नी विश्वविद्यालय), र अश्लेषा कार्की (मेची क्राउन होटल मेलबर्न विश्वविद्यालय) जस्ता सफल स्नातक समावेस थिए ।
कार्यक्रममा बोल्दै रास्वपाका सांसद डा. स्वर्णिम वाग्लेले विदेशमा शिक्षा सिकेर नेपालको सेवा गर्न आब्हान गरेका थिए । उनले अष्ट्रेलियामा अध्ययन गर्ने विद्याथीले नेपालमा उत्कृष्ट योगदान गरेको बताए । प्रमुख अतिथि नेपालका लागि अष्ट्रेलियाली राजदूत लिनजोनस्टनले नेपाली विद्यार्थीले अष्ट्रेलियामा उत्कृष्ट योगदान गरेको बताए । उनले भने–अस्ट्रेलिया र नेपालबीचको शैक्षिक सम्बन्ध कायम गर्न ऐरी नेपालको मुख्य भूमिका रहेको छ । भने–ऐरी नेपालको कारण अष्ट्रेलियामा उत्कृष्ट विद्यार्थीले अध्ययन गरिरहेका छन् । ऐरी नेपालका उपाध्यक्ष बुद्धि सागर अर्यालको धन्यवाद दिएका थिए ।
एनआइबी,आइडिपी,आइएलटिएस,नबिल बैक,नेपाल एसबिआइ, सिद्धार्थ, प्रभु बैक,पर्सनपिटिई, नेको इन्सुरेन्स, अल्फा केयर डाइनोस्टिक सेन्टर, जुपिटर मिडियाले सहयोग गरेका थिए । समृद्ध छलफल र विविध प्रतिनिधित्वका साथ, इम्प्याक्ट फोरमले नेपालको विकासलाई आकार दिन स्नातकहरूको योगदानलाई मान्यता दिँदै नेपाल–अस्ट्रेलिया शिक्षा सम्बन्धलाई सुदृढ पार्ने विषयमा छलफल भएको थियो ।











प्रतिक्रिया