सरकारले टेरेन: ९ गतेबाट अनिश्चितकालिन देशव्यापी विद्यालय बन्द

आन्दोलनको कार्यक्रम : ५ गते माइतीघरमा कोणसभा, ६ गते संसद् घेराउ, ८ गते देशभर सडकमा गाडी तेर्स्याउने 

25.94k
Shares

 काठमाडौं । 

 प्याब्सन र एनप्याब्सनले ९ गते सोमबारदेखि देशभरका विद्यालय अनिश्चितकालिन बन्द गर्ने भएका छन् । त्यसको लागि भोली बुधबार बिहान सबै सरोकारवाला निकायको अन्तिम बैठक बस्नेछ । बैठकमा अभिभावक,प्याब्सन,हिसान,एन प्याब्सन, इष्टुलगायत,  संघसंगठनको उपस्थिति रहनेछ । 

 त्यसअघि आज दिउँसो प्याब्सनको कार्य सम्पादन समितिको आकस्मिक बिस्तारित बैठक बसेको थियो । केहीबेरमा संघ संगठनको संयुक्त बैठक बस्दैछ । निजी विद्यालयको सबै कार्यक्रम गोप्य राखेको छ । भोली  मध्यान्ह पत्रकार सम्मेलन गरेर अनिश्चितकालिन बन्द लगायत कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ । 

 शिक्षा ऐनको मस्यौदामा निजी विद्यालयको मागलाई बेवास्ता गरेको आरोप लगाउँदै निजी शिक्षालय र सरोकारवाला संघ संगठनले पर्सि  ५ गते माइतीघर मण्डलामा प्रदर्शन र कोणसभा , ६ गते संसद् भवन घेराउ , ८ गते निजी विद्यालयको सवारी साधन बाटोमा  गाडी तेर्स्याउने र  ९ गते देशभरबाट अनिच्तिचकालिन बन्द  गर्ने निर्णय गरेको छ ।