काठमाडौं ।
नेपाल–भारत कूटनीतिक सम्बन्धलाई थप प्रगाढ बनाउन भारतीय विदेशसचिव विक्रम मिस्रीले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन्।
परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौं आएका मिस्रीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ओलीसँग भेटवार्ता गरेका हुन्।
भेटमा दुई देशबीचको आपसी सम्बन्ध, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय चासोका विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। नेपाल–भारतबीचको पारस्परिक सम्बन्ध सुदृढ बनाउन मिस्रीको यो भ्रमणलाई महत्त्वपूर्ण अवसरका रूपमा लिइएको बताइएको छ।











प्रतिक्रिया