चाडपर्व लक्षित शान्ति सुरक्षाबारे सिन्धुली उद्योग वाणिज्य संघ र प्रहरीबीच छलफल


काठमाडौं ।

चाडपर्व लक्षित शान्ति सुरक्षाबारे सिन्धुली उद्योग वाणिज्य संघ र प्रहरीबीच छलफल भएको छ ।

सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष श्री अर्जुन कुमार श्रेष्ठ र जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक श्री लाल ध्वज सुवेदीबीच चाडपर्वको समयमा चोरी, लुटपाट नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्ने विषयमा संघमा महत्वपूर्ण छलफल भएको हो ।

अध्यक्ष श्रेष्ठले चाडपर्व लक्षित विशेष सुरक्षा योजना तयार गरी कार्यान्वयनमा ल्याउन सुझाव दिँदै आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूको निगरानी बढाउन आग्रह गरेका छन्।

प्रहरी उपरीक्षक सुवेदीले जनताको सुरक्षामा कुनै सम्झौता नहुने बताउँदै आवश्यक रणनीतिहरू अवलम्बन गरिने जानकारी दिएका छन्।