प्रतिनिधि सभाको कृषि समिति बैठक ५ मिनेटमै सकियो


काठमाडौं ।

प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक शनिबार सिंहदरबारस्थित समितिको बैठक कक्षमा बिहान १०:३० बजे बोलाइएको थियो।

तर समिति सदस्यहरु समयमा उपस्थित नहुँदा करिब डेढ घण्टा कुर्नुपर्‍यो। आवश्यक गणपूर्ति नपुगेपछि बैठक सुरु हुन सकेन।

अन्ततः बैठक करिब पाँच मिनेट मात्रै बसेर नै सकियो। यसले समितिको कामकाजमा ढिलाइ हुने देखिएको छ।