काठमाडौं ।
ग्रामीण दूरसञ्चार विकास कोष(आरटिडिएफ) प्रयोग गरी गण्डकी र लुम्बिनी प्रदेशमा अप्टिकल फाइबर नेटवर्क विस्तार गर्ने परियोजनाको लागि नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल दूरसञ्चार कम्पनी लि। बीच आज लिखित सम्झौता भएकोछ ।
काठमाडौँमा आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ र सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालको उपस्थीतिमा उक्त सम्झौता भएको हो ।
नेपाल दूरसञ्चार प्राधिकरणका तर्फबाट अध्यक्ष भुपेन्द्र भण्डारी र नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका तर्फबाट निमित्त प्रबन्ध निर्देशक सबिना मास्के प्रधानले सम्झौतामा हस्ताक्षर गरि सम्झौता आदान प्रदान गरिएको थियो । प्राधिकरणका अध्यक्ष भण्डारीका विगतमा आरटिडिएफ कोषबाट दुर्गम क्षेत्रमा नेटवर्क विस्तारका लागि युटिएल र स्मार्ट टेलिकम कम्पनीलाई जिम्मेवारी दिइएको र दुवै कम्पनीबाट परियोजना सुरु हुन नसकेको अवस्था थियो ।
ग्रामीण क्षेत्रमा सञ्चार पुर्याउने उदेश्यका साथ वि।स २०७३ सालमा सरकारले कोशी, मधेश र बागमती प्रदेशबाट सुरु गरेको आरटिडिएफ परियोजना सुरु गरेको थियो ।
लामो समय देखि रोकिएको परियोजनालाई यतिबेला पुन : सुचारु गर्ने उदेश्यका साथ एनसिसँग सम्झौता गरिएको भण्डारीले बताउनुभयो । उहाँले सम्झौता अनुसार तीन वर्ष भित्र एनटीसिले लुम्बीनि र गण्डकी प्रदेशमा अप्टिकल फाइबर नेटवर्क विस्तार गर्ने समय समिता निर्धारण गरिएको जानकारी दिनुभयो ।
साथै, यो परियोजनाका लागि लगभग २ अर्ब १ करोड अनुमानित रकम लाग्ने छ । उहाँले नेपालमा कुनै पनि ग्रामीण इलाकामा नेटवर्क छैन भने इमेलमार्फत एनटिएलाई जानकारी गराए तुरुन्तै नेटवर्क पुर्याउन सकिने व्यवस्था गरिएको बताउनुभयो । आरटिडिएफ परियोजना पुर्ण रुपमा लागु गराउन एनटीए सक्रिय हुने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । सरकारको डिजीटिल नेपाल फ्रेमवर्क उदेश्य पुरा गर्न उक्त परियोजना महत्वपुर्ण आधार हुने उहाँको धारणा थियो ।
त्यस्तै, एनटिसिका निमित्त प्रबन्ध निर्देशक प्रधानले ब्रोडबैंक अप्टीकल फाइबर ९ वर्षदेखि निरन्तर विस्तार हुँदै आएकोछ । लुम्बीनि र गण्डकी प्रदेशमा २३ वटा जिल्लामा फाइबर विस्तार हुने उहाँले बताउनुभयो । गण्डकी र लुम्बिनी प्रदेश अन्र्तगत रहेका सम्पुर्ण १९४ स्थानीय तहका केन्द्रहरुमा करिब १,९०० किलोमिटर अप्टिकल फाइबर सूचना महामार्ग सहप्रयोग हुने गरी दूरसञ्चार विकास गर्नु यो परियोजनाको उदेश्य रहेको प्रधानले बताउनुभयो ।
कार्यक्रममा सञ्चार सचिव राधिका अर्यालले परियोजना सुरु मात्रै गर्नु सार्थक नभएको भन्दै यसलाई तोकिएको समयमै पुरा गर्न निर्देशन दिनुभयो । उहाँले कुन परियोजना कहाँ सुरु भएको छ र कुन परियोजना सुरु नै भएको छैन ? एनटिएले अनुसन्धान गरेर परिणाममुखि कार्य गर्न समेत ध्यानार्कषण गराउनुभयो । “परियोजना सुरु गर्नुमात्रै सार्थकता होइन, यसलाई समयमै पुरा गर्नुपर्नेमा जोड दिनुपर्छ”, अर्यालले भन्नुभयो ।











प्रतिक्रिया