काठमाडौं ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका केन्द्र मौवाफाँटदेखि दुर्गम वडाहरू जोड्ने मौवाफाँट–दग्नाम–चिमखोला–घ्यासीखर्क सडक दुई महिनादेखि पहिरोका कारण अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको छ।
सडक अवरुद्ध भएपछि वडा नम्बर ४ दग्नाम, ७ चिमखोला र ८ कुइनेमंगलेका बासिन्दा आवतजावत र खाद्यन्न ढुवानीमा कठिनाइमा परेका छन्।
सडक नखुल्दा बिरामीलाई अस्पताल पुर्याउन समेत समस्या भएको वडा नम्बर ७ का अध्यक्ष थकबहादुर पाइजाले जानकारी दिनुभयो। स्थानीयहरू पालिका केन्द्र र सदरमुकामसम्म पुग्न घण्टौं पैदलयात्रा गर्न बाध्य छन्।











प्रतिक्रिया