काठमाडौँ ।
सङ्घीय संसद् प्रतिनिधिको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। बैठकमा सभामुखले सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम छ।
त्यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले राष्ट्रियसभामा उत्पत्ति भएको पानी जहाज सञ्चालन तथा व्यवस्थापन विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव राख्ने सम्भावना छ।
हिजो गणपूरक सङ्ख्या नपुगेर बैठक स्थगित भएकोले सूचना प्रविधि विधेयकमाथि छलफल हुन सकेको थिएन।












प्रतिक्रिया