बाजुरा।
बाजुराको स्वामीकार्तिक गाउँपलिका एक बर्कुमा बुधबार दिउँसो ट्याक्टर दुर्घटना भएको छ । ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दिउँसो ४ बजेतिर वडा नम्बर एक बर्कुमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो भने एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख एवं प्रहरीनायव उपरिक्षक एकवाल हवारीका अनुसार दुर्घटनामा परी वडा नम्बर १ बर्कु बस्ने अन्दाजी वर्ष २७ का पदम बुढाको घटनास्थलमै मृत्यु भएको हो । त्यस्तै वडा नम्बर ३ जुकु बस्ने अन्दाजी ३५ वर्षका लोकेन्द्र रोकाया घाइते भएका छन् । उनको बर्कु स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी नायव उपरिक्षेक हवारीले बताए ।
पिलुचौर साप्पाटा सडक अन्तर्गत कच्ची सडकबाट पिलुचौर आउँदै गरेको ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनाबारे स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरीको टोली त्याँहा पुगेर बुझ्दा वडा नम्बर ४ छापु बस्ने अन्दाजी २३ का रवीन्द्र नाथले चलाएको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
ट्याक्टर सडकबाट करिब साढे ३ सय मिटर तल खसेको छ भने ट्याक्टरको नम्बर खुल्न सकेको छैन् । त्यस्तै ट्याक्टरमा ४ जना सवार रहेकामा चालक सहित नामथर नखुलेका एक जना फरार छन् । उनीहरुको खोजी कार्य भइरहेको छ भने घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । स्वामिकार्ति खापर गा.पा. ४ छापु बस्ने वर्ष अं. २३-२४ को रवीन्द्र नाथले चलाएको ( ट्याक्टर नं. खुल्न बाकी) ट्याक्टर जोरुबाट स्याउँ ल्यार पिलुचौर तर्फ आउँदै गरेको थियो । ट्याक्टर अनियन्त्रित भई कच्ची सडकबाट अं. ३५० मिटर तल खस्दा दुर्घटना भएको हो ।











प्रतिक्रिया